काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार बडालको राजीनामा भदौ २४ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको हो।
प्रधानमन्त्रीको नियुक्तिसँगै महान्यायाधिवक्ता नियुक्ति गर्ने प्रचलनअनुसार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते राजीनामा दिएका थिए।
प्रतिक्रिया