काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण अनिश्चितकालका लागि रोकिएको जनाएको छ। विभागले आइतबार जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्म लाइसेन्स छपाइ, वितरण तथा सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने जनाएको हो।
विभागका अनुसार गत भदौ २४ गते ‘जेन–जी’ आन्दोलनका क्रममा तोडफोड, आगजनी र चोरीका कारण विभागका इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेको थियो। सो कारण सेवाहरू अवरुद्ध भएको विभागले जनाएको छ।
विभागले यात्रु र सेवाग्राहीलाई अर्को सूचना नआएसम्म सेवा नलिन र जानकारीका लागि सूचनामार्फत अवगत रहन आग्रह गरेको छ।
प्रतिक्रिया