काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको वर्तमान विषम परिस्थितिबाट संवैधानिक प्रक्रियामार्फत नै समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले संघीय संसद् भवन, सचिवालय र देशभर भएका आगजनी तथा तोडफोडका घटनाले मुलुकलाई अपूरणीय क्षति पुर्याएको उल्लेख गरेका छन्।
वक्तव्यमा राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक प्रक्रियाबाटै राजनीतिक निकास दिलाउन पहल गरिरहेको जानकारी दिँदै विधिको शासन र संविधानवादबाट बाहिर नजान सबै पक्षलाई आग्रह गरिएको छ।
“आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौँ,” वक्तव्यमा भनिएको छ।
प्रतिक्रिया