Logo

मुख्य समाचार

जेनजी आन्दोलनको असर हुम्ला,जुम्ला ,कालिकोट, डोल्पा र मुगुमा पनि           



मुगु । जेनजी  युवाले देशभर २३ गते बाट गरेको आन्दोलनले हिमालि जिल्ला हुम्ला,जुम्ला ,कालिकोट, डोल्पा र मुगुमा पनि असर परेको छ ।

मुगु जिल्लामा जेनजी युवाहरुले सरकारले गरेको भष्टचार बेथिति निरुङकुस शासन बिरुद्ध गरेको आन्दोलनले नेपाली काग्रेस र एमाले पार्टी कार्यालय तोडफोड गरिएका  छन ।

सदरमुकाम गमगढि बजार अस्तव्यस्त छ । शैक्षिक संस्था,बजार बैंक सबै बन्द रहेका छन भने बजारमा सुरक्षा निकायका प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेवा मात्र  देखिन्छन् ।  स्थानीय प्रशासन कार्यालय मुगुले ७ बुदामा सन्देश जारी गरेको छ । ५ जना भन्दा बढि मानिसको भेला नहुने ,अति आवश्यक काम बाहेक अन्य काममा घर बाहिर ननिस्कने लगाएका सुचना जारी गरेको छ ।  

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ३ : १९ बजे