काठमाडौं — सुन्धारा र नख्खु कारागारबाट भागेका कैदीहरूको खोजी नेपाल प्रहरीले सुरु गरेको छ। जेनजी आन्दोलनका क्रममा देशभर आगजनी र तोडफोड बढेपछि मंगलबार बेलुकी दुवै कारागारका गेट प्रदर्शनकारीहरूले खोलेपछि हजारौं कैदी बाहिरिएका थिए।
प्रहरीका अनुसार सुन्धारा कारागारबाट करिब ३ हजार कैदी फरार भएका छन्, जसमा टोपबहादुर रायमाझी र बेचन झासहित कैदीहरू रहेका छन्। त्यस्तै, नख्खु कारागारबाट समेत धेरै कैदी फरार भएका छन्।
अन्य जिल्लाका कारागारबाट समेत कैदी भागेको जानकारी आएको प्रहरीले जनाएको छ। फरार कैदीहरूलाई समात्न देशभर प्रहरी परिचालन गरिएको छ।
प्रतिक्रिया