काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो ।
बुधबार २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । बुधबार प्रतितोला २५ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया