सिरहा – जेनजी आन्दोलनका क्रममा मंगलबार साँझ सिरहाको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा तोडफोड र लुटपाट भएको छ।
कम्पनीका लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोका अनुसार गोदाममा भण्डारण गरिएको करिब ७ हजार क्विन्टल जिरा मसिना चामल, ५०० क्विन्टल सोना मन्सुली चामल र ३ हजार ५०० क्विन्टल चिनी लुटिएको हो।
ट्राफिक प्रहरी कार्यालयमा आगजनीपछि आन्दोलनकारीहरूको ठूलो समूह गोदाममा प्रवेश गरी तोडफोड र लुटपाटमा संलग्न भएको बताइएको छ। लुटपाटपछि कार्यालयको चारपांग्रे सवारीसाधनमा समेत आगजनी गरिएको छ।
हाल नेपाली सेना र अन्य सुरक्षाकर्मीहरूले घटनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन्।
प्रतिक्रिया