Logo

समाचार

प्रधानसेनापतिसँग छलफलपछि दुर्गा प्रसाईंको नेतृत्व मोह नरहेको स्पष्ट



काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नेतृत्वको कुनै मोह नभएको बताएका छन्। बुधबार प्रधानसेनापति अशोकराज सिग्देलसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे छलफलपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रसाईंका अनुसार जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै आफू बालेन साह वा सुशिला कार्कीमध्ये जो कोही तयार भए पनि उनीहरूको नेतृत्व स्वीकार्न तयार छन्। उनले भने, “कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्ने मेरो स्वभाव होइन।”

प्रसाईंले सस्तो राजनीति र टीकाटिप्पणीभन्दा पर रहँदै गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोजमा जोड दिए। उनले सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य भएको उल्लेख गर्दै भावनाभन्दा माथि उठेर साझा जिम्मेवारी पूरा गर्ने समय आएको बताए।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ७ : ५२ बजे