Logo

मुख्य समाचार

सिन्धुली कारागारबाट ४७१ कैदीबन्दी फरार



सिन्धुली  । सिन्धुली कारागारमा रहेका ४७१ जना कैदीबन्दी बुधबार दिउँसो सामूहिक रूपमा फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार कारागारभित्र आगजनी र नाराजुलुसपछि ठूलो संख्यामा कैदी बाहिर निस्किएका हुन् ।

प्रहरीका अनुसार विभिन्न मुद्दामा सजाय भोगिरहेका कैदीहरूले गेट तोडफोड गर्दै बाहिर भाग्ने प्रयास गरेका थिए । स्थिति नियन्त्रणमा लिन नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको भएपनि उनीहरूलाई रोक्न नसकिएको हो ।

भीड नियन्त्रणका क्रममा सुरक्षाकर्मीले केही राउन्ड हवाई फायर गरेका थिए, तर कैदीहरू सिन्धुली बजारतर्फ भाग्न सफल भएका छन् ।

फरार कैदीहरूको खोजीका लागि सुरक्षाकर्मीले चेकजाँच कडा पारेका छन् र बजार क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : १७ बजे