Logo

समाचार

धादिङ कारागारमा गोली चल्दा एक कैदीको मृत्यु, सात घाइते



धादिङ । धादिङ कारागारमा सुरक्षा स्थिति नियन्त्रण गर्न सुरक्षाकर्मीले गोली चलाउँदा एक कैदीको मृत्यु भएको छ। घटनामा सातजना घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीका अनुसार मृतक पुरुष कैदी हुन्। बिहानैदेखि कैदीबन्दीहरूले कारागारभित्र आगजनी र ढुंगामुढा गर्दै आएको र भित्री गेट तोड्ने प्रयास गरेको बताइएको छ।

स्थिति नियन्त्रण बाहिर गएपछि नेपाली सेना परिचालन गरिएको थियो। दिउँसो पुनः आगजनी र भाग्ने प्रयास भएपछि सुरक्षाकर्मीले गोली प्रहार गरेको सिडिओ सुवेदीले जानकारी दिए।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ४ : ०२ बजे