Logo

मुख्य समाचार

सीजी नेटको इन्टरनेट सेवा अवरुद्ध



काठमाडौं । सीजी नेटको मुख्य डेटा सेन्टरमा आगजनी हुँदा कम्पनीको इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

कम्पनीका अनुसार आगलागीपछि सम्पूर्ण इन्टरनेट सेवा ठप्प भएको छ भने प्राविधिक टोली डेटा सेन्टर पुनः सञ्चालनमा ल्याउने कार्यमा जुटेको छ।

घटनापछि कम्पनीले सेवाग्राहीसँग असुविधाप्रति क्षमायाचना गर्दै सेवा चाँडै सुचारु गर्ने जनाएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  २ : ३३ बजे