पर्सा । पर्साको वीरगन्ज कारागारमा मंगलबार रातिदेखि कैदीहरूले सामूहिक रूपमा भाग्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ ।
कैदीहरूले कारागारभित्र रहेका विभिन्न जिन्सी सामान जलाउँदै दक्षिण भागको पर्खालमा प्वाँल पारेर भाग्ने प्रयत्न गरेका थिए ।
सुरक्षाकर्मीहरूले अवस्था नियन्त्रण लिन सयौँ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।
अवस्था तनावग्रस्त भएपछि नेपाली सेनासहित तीनै तहका सुरक्षा निकाय परिचालन गरिएको थियो ।
झडपका क्रममा चारजना कैदी गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको छ तर उनीहरूको परिचय सार्वजनिक गरिएको छैन ।
हाल वीरगन्ज कारागार नेपाली सेनासहितको सुरक्षा घेरामा रहेको र स्थिति पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया