बाजुरा । बाजुरामा पनि कफ्र्यु आदेश जारी गरिएको छ । नेपाली सेनाले देशैभरी भोलि(विहीबार)विहानसम्मका लागि कफ्र्यु जारी गरेसंगै जिल्ला प्रशासन कार्यालय बाजुराले एक सूचना जारी गर्दै कफ्र्यु आदेश जारी गरेको हो ।
प्रशानसले बुधबार सूचना जारी गर्दै आजदेखि अर्काे आदेश जारी नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा (३क) बमोजिम जिल्ला सदरमुकाम मार्तडी स्थित पुर्वमा मालिका मन्दिर,पश्चिममा कारागार मोड, उत्तरमा जिल्ला अस्पताल पछाडी,र दक्षिणमा निर्माणाधिन बसपार्क क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलद्वारा जारी कफ्र्यु आदेशमा यी चारवटै सिमाक्षेत्र भित्र नारा, जुलुस, सभा, बैठक, प्रर्दशनलगायत घेराउ गर्न नपाउने गरि कफ्र्यु जारी गरिएको हो ।
कफ्र्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारीसाधन जस्तैः (एम्बुलेन्स,शब वहान) आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण सूचनामा भनिएको छ ।
सदरमुकाम मार्तडी यतिवेला सुरक्षाकर्मीको घेरामा रहेको छ । देशैभरी जेनजीले गरेको आन्दोलन आक्रामक बनेकोले बाजुरामा पनि जेनजीको आन्दोलनले घटना निम्तिन सक्ने हुँदा सम्पूर्ण नागरिकलाई घरभित्रै सुरक्षित बस्न आग्रह गरिएको छ ।
सुरक्षाकर्मीको घेरामा परेको मार्तडी बजार यतिवेला सुनसान बनेको छ । देशैभरी जेनजीले गरेको आन्दोलन आक्रामक बनेकोले बाजुरामा पनि जेनजीको आन्दोलनले घटना निम्तिन सक्ने हुँदा सम्पूर्ण नागरिकलाई घरभित्रै सुरक्षित बस्न आग्रह गरे संगै बजारका पसलहरु पुर्ण रुपमा बन्द रहेका छन् ।

प्रतिक्रिया