काठमाडौं – जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीबाट लुटेका ३१ थान हतियार बरामद गरिएको छ। नेपाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा काठमाडौंका विभिन्न स्थानबाट २३ थान र पोखराबाट ८ थान हतियार फेला परेको उल्लेख गरिएको छ।
बरामद हतियारसँगै विभिन्न म्यागजिन र गोलीगठ्ठा पनि भेटिएको सेनाले जनाएको छ। सेनाले काठमाडौंको गौशाला, चाबहिल र बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ समेत बरामद गरिएको जानकारी दिएको छ।
प्रतिक्रिया