काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भंगालस्थित निवासमा मंगलबार आन्दोलनकारीले आगजनी गरेका छन्।
भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार आगजनी भएको समयमा पूर्वराष्ट्रपति भण्डारीलाई सुरक्षित स्थानमा सारिएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन।
सुरक्षा निकायले घटनास्थलमा नियन्त्रणका लागि परिचालन गरिएको जनाएको छ।
प्रतिक्रिया