काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अब जेनजी पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत अब जेनजी पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन भन्दै त्यसअघि संसद विघटन अनिवार्य रहेको बताएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्,‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला । देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला । साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।तर याद रहोस् वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।’
प्रतिक्रिया