सिरहा । सिरहाको इलाका प्रहरी कार्यालय गोलबजारमा आगजानी र तोडफोड गरिएको छ । देशभर प्रदर्शन गरिरहेका युवाले लगाएको आगजानीबाट भवन पूर्णरुपमा जलेको छ ।
यसअघि एमालेका सांसद लिलानाथ श्रेष्ठ र गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको घरमा आगजनी र तोडफोड गरिएको थियो ।
प्रदर्शनकारीहरुले लहान नगरपालिकाको भवनमा आगजनी गरेका छन् भने लहानको इलाका प्रशासन, मालपोत, नापी कार्यालयमा तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिनको लागि प्रहरीले २० राउण्ड हवाइ फायर समेत गरेको छ ।
प्रतिक्रिया