काठमाडौं । जेनजी पुस्ताका प्रदर्शनकारीहरुले काठमाडौंस्थित डिल्लीबजारमा टायर बालेर प्रदर्शन जारी राखेका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा अवज्ञा गर्दै डिल्लीबजारमा टायर बाली प्रदर्शन गरेका हुन् ।
सोमबार भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएपश्चात युवाहरु झन आक्रोशित भएका छन् ।
देशभर प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरु राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू समेत गरिरहेका छन ।
प्रतिक्रिया