वीरगन्ज । देशभर चर्किरहेको जेनजी आन्दोलनको लहरबीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा नेपाली कांग्रेसका नेता अजय कुमार चौरसियाको वीरगन्जस्थित निवासमा तोडफोड भएको छ ।
स्थानीय स्रोतका अनुसार प्रदर्शनकारीहरूको एक समूहले मन्त्री चौधरीको घर अगाडि नाराबाजी गर्दै ईँटा र ढुंगा प्रहार गरेका थिए । यस क्रममा घरको गेट र झ्यालमा क्षति पुगेको बताइएको छ । घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिएको छ ।
यसअघि सोमबार प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा १९ जना युवाको मृत्यु भएपछि देशभर आक्रोशित आन्दोलन तीव्र बनेको हो ।
सरकारको मौनता, दमनको शैली, र नागरिकको आवाजलाई दबाउने प्रयासप्रति असन्तुष्ट जनाउँदै युवा पुस्ता सडकमा उत्रिएका छन् ।
राजनीतिक नेतृत्व र सत्तारूढ दलका शीर्ष नेताहरूको घर तथा कार्यालयहरू प्रदर्शनकारीहरूको निशानामा परिरहेका छन् । केही दिनअघि वीरगन्जमै एमाले पार्टी कार्यालयमा समेत आगजनी भएको थियो ।
सुरक्षा अवस्था तनावग्रस्त
वीरगन्जमा अहिले उच्च सतर्कता अपनाइएको छ । प्रमुख राजनीतिक व्यक्तित्वहरूको सुरक्षा बढाइएको छ भने स्थानीय प्रशासनले थप सुरक्षाकर्मी खटाएको छ ।
प्रतिक्रिया