बाजुरा । बाजुरामा पनि जेनजीको आन्दोलन सुरु भएको छ ।
मङ्गलबार जिल्लाको सदरमुकाम मार्तडी सहित जिल्लाका पुर्वी उत्तरी भेगको कोल्टी, पिलिचौर लगायत विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन सुरु गरेका छन् ।
मंगलबार बिहान ११ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गरेका हुन् । जसअन्तर्गत सदरमुकाम मार्तडी, बुढिगङ्गा नगरपालिकाको बाम्का बजार त्यस्तै बुढिनन्दा नगरपालिकाको कोल्टी, जगन्नाथ गाउँपालिकाको पिलिचौर सहितका प्रमुख व्यापारी ठाउँमा जेनजी पुस्ताले आन्दोलन गर्ने भएको छ ।
जेनजी पुस्ताले बाजुरामा पनि आन्दोलन चर्काएपछि अहिले सुरक्षा सतर्कता बलियो पारिएको छ ।
युवापुस्ताहरु धमाधम सडकमा उत्रिन थालेपछी जिल्ला प्रशासन कार्यालयले आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।
प्रतिक्रिया