Logo

मुख्य समाचार

कांग्रेसको पार्टी कार्यालयमा आगजनी



काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालयमा जेनजी पुस्ताका आन्दोलनकारीहरुले आगजनी गरेका छन् ।

मंगलबार पार्टी कार्यालय सानेपामा पुगेर युवाहरुले नाराबाजी गरेको थिए । केही समयपछि उनीहरुले तोडफोडसहित आगजनी गरेका हुन् ।

सोमबार भएको आन्दोलन हिंसात्मक बनेपछि आज देशभर जेनजीहरुको आक्रोस नेताहरुको निवास र पार्टी कार्यालयतिर केन्द्रीत भएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : ०२ बजे