काठमाडौं । आज(मंगलबार)नेप्से कारोबार नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार ८ः३० बजेदेखि लागू हुने गरी काठमाडौं जिल्लाले कफ्र्यू आदेश जारी गरेसँगै धितोपत्र कारोबार स्थगन गरिएको हो ।
नेपाल सरकारको स्वामित्व भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले एक विज्ञप्ति जारी गर्दै धितोपत्र कारोबार स्थगन गरिएको जानकारी गराएको छ ।
एक विज्ञप्ति जारी गर्दै लेखिएको छ, ‘धेरै कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार आज (२०८२ भदौ २४) को सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
प्रतिक्रिया