Logo

मुख्य समाचार

सरकारविरुद्ध आन्दोलनको तयारीमा माओवादी केन्द्र : सापकोटा



काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रममा बोल्दै उनले सरकार निरंकुशतातर्फ गएको आरोप लगाए। उनका अनुसार सदनमा माओवादी केन्द्रको संख्या कम भएकाले दबाब सिर्जना गर्न सडक आन्दोलन अपरिहार्य भएको छ।

सापकोटाले पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न आह्वान गर्दै “जनतालाई सचेत गरी दबाब सृजना नगरी विकल्प छैन,” भने।

उनले सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गम्भीर अन्तर्विरोध रहेको दाबी समेत गरे।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ८ : ३७ बजे