काठमाडौं । सामाजिक अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल कलेजहरूको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै तीनदिने सत्याग्रह सुरु गरेका छन्। उनले आइतबार धनगढीस्थित गेटा मेडिकल कलेजमा सत्याग्रह सुरु गरेका हुन्।
पत्रकार सम्मेलनमार्फत डा. केसीले सिट वृद्धि गर्दा नेता र माफियाको हित मात्र हुने दाबी गर्दै यसले शिक्षाको गुणस्तर खस्काउने र स्वास्थ्य सेवामा ह्रास ल्याउने बताएका छन्। उनले सरकारले लिएका पछिल्ला निर्णयले विद्यार्थी र सर्वसाधारणलाई नोक्सान पुर्याउने आरोपसमेत लगाए।
उनले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, गेटामा निर्माण सम्पन्न शिक्षण अस्पताल तत्काल सञ्चालनमा ल्याउनुपर्ने र निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने माग गरेका छन्।










प्रतिक्रिया