Logo

समाचार

काठमाडौंसहित ४० भन्दा बढी जिल्लामा आकस्मिक बाढीको जोखिम



काठमाडौं । जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौंसहित ४० भन्दा बढी जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको चेतावनी दिएको छ।

महाशाखाले बिहीबार जारी गरेको बुलेटिनअनुसार दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, बर्दिया, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिम रहने उच्च सम्भावना रहेको छ। यी जिल्लामा बहने सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ।

त्यस्तै इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, गोरखा, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, दाङ, सल्यान, सुर्खेत, बाँके, जुम्ला, कालीकोट, डोल्पा, मुगु र हुम्लामा पनि केही साना नदीमा आकस्मिक बाढी आउन सक्ने मध्यम सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  १० : ०६ बजे