Logo

मुख्य समाचार

वीरगञ्जमा ६ दिनमै २२६ जना हैजाबाट संक्रमित



वीरगञ्ज । वीरगञ्जमा हैजाको प्रकोप बढ्दै गएको छ। नारायणी अस्पतालमा भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडापखालाका बिरामी आएका छन्, जसमा ४८ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ।

अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार हाल ६४ जना बिरामी उपचाररत छन् भने १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका छन्। संक्रमितमध्ये ६ जनालाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ।

बुधबार साँझसम्म ११० जनाको ‘कोलेरा आरडिटी’ परीक्षण गरिएकामा ४८ जनामा पोजिटिभ देखिएको र तिनमध्ये १५ जनाको नमूना ‘कल्चर’का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पतालले जनाएको छ। तीमध्ये १२ जनामा ‘भिब्रिओ कोलेरा’ पुष्टि भएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  ९ : ४८ बजे