Logo

विश्व

जर्मनीमा स्वैच्छिक सैन्य सेवा विधेयक पारित



बर्लिन । जर्मन संसदले स्वैच्छिक सैन्य सेवा सम्बन्धी विधेयक पारित गरेको छ । नयाँ प्रावधानअनुसार १८ वर्ष वा सोभन्दा माथिका युवाले फाराम भरेर ६ महिनाको सैन्य तालिम लिन सक्नेछन् ।

रक्षामन्त्री बोरिस पिस्टोरियसले यस योजना अन्तर्गत रिजर्भ सैनिकको संख्या दोब्बर हुने बताएका छन् । जर्मनीमा हाल करिब १ लाख रिजर्भ सैनिक रहेका छन् । सरकारले सन् २०३० सम्म सेनाको संख्या १ लाख ८० हजारबाट २ लाख ६० हजार पुर्‍याउने लक्ष्य राखेको छ ।

विधेयक पारित भए पनि चान्सलर फ्रेडरिक मर्जले भने यसप्रति असन्तोष व्यक्त गरेका छन् । उनले जर्मनीमा अनिवार्य सैन्य भर्ती पुनः लागू गर्नुपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  ९ : ३७ बजे