Logo

मुख्य समाचार

तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची



काठमाडौं । संघीय संसद अन्तर्गतका विभिन्न तीनवटा संसदीय समितिका बैठक आज (बुधबार)बस्दैछन् ।

आज राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समिति बैठक दिउँसो ३ बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाउने कार्यक्रम रहेको छ ।

यस्तै,विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कायैसूची  छ ।

त्यस्तै,सार्वजनिक नीति तथा प्रत्यायोजित विधाय समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–०८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ७ : ५१ बजे