Logo

मुख्य समाचार

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको तीज : साँस्कृतिक अधिकारमा सबैको समान अधिकार



काठमाडौं । आज लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले पनि तीज मनाएका छन् ।

मंगलबार ब्लु डायमण्ड सोसाइटीले समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिङ्गीहरुको लागि भनेर तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

सोही कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीकी सल्लाहाकार पिंकी गुरुङले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले तीज मनाउँदा समाजले बहिस्कार गर्ने गरेको बताइन् । 

‘हामी हरेक वर्ष तीज मनाउछौ । आफू बालक भएर जन्मिए पनि आत्मा महिलाको भयो । बाल्यकालमा हामीलाई पनि तीज मनाउन मन पर्थ्यो, मनाउन खोज्दा समाजबाट बहिस्कार गरिन्थ्यो,’ उनले भनिन् ।

उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले पनि साँस्कृतिक अधिकार पाउनुपर्ने बताइन् । 

उनले भनिन्, ‘तेस्रो लिङ्गगीहरु जसले आफूलाई महिलाको अनुभुत गर्छ यो पर्व हाम्रो पनि हो भनेर स्विकार गर्छ । समाजले यो पर्व हामीलाई मनाउन दिईरहेको थिएन तर साँस्कृतिक अधिकार सबैले पाउनुपर्छ । हाम्रो पनि अधिकार हो भन्ने हिसाबले घरपरिवारको समर्थन नपाएका साथीहरुको लागि ब्लु डायमण्ड सोसाइटीले विभिन्न चाड मनाउने गरेको छ ।’

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ७ : ३८ बजे