Logo

राजनीति

ईश्वरीदेवी न्यौपानेले सुनुवाइ समिति सभापति पद छाडिन्



काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदबाट राजीनामा दिएकी छन्। कांग्रेसले उनलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति बनाउने निर्णय गरेपछि उनले मंगलबार सभामुख देवराज घिमिरेसमक्ष राजीनामा बुझाएकी हुन्।

राज्यव्यवस्था समिति सभापति पदका लागि आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुने तय भएको छ। कांग्रेस सांसद रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त भएको सो पदका लागि बुधबार निर्वाचन हुने कार्यक्रम छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ३ : ०५ बजे