बाजुरा । बाजुरामा नदीमा बगेर एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महत रहेका छन् ।
माछा मार्न गएका महतको बुढिगंगा नदीमा बगरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।माछा मार्न गएका महत बेलुकीसम्म पनि घर नफर्किपछी आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
खवर पश्चात जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको टोलीले खोजी गर्दा उनको शव फेला परेको प्रहरी नायव उपरीक्षक (डिएसपी) ईकवाल हवारीले बताए ।
उनका अनुसार, मृतक महतको शव बगाएको ठाउँबाट करिव ३ किलोमिटर तल बिरेखोला नजिकै फेला परेको बताएका छन्। घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया