काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच सोमबार ललितपुरको हरिसिद्धिमा भेटवार्ता भएको छ ।
विप्लवको निवासमा भएको करिब ४५ मिनेट लामो भेटमा दुई नेताबीच समाजवादी मोर्चालाई अघि बढाउने र पार्टी एकताको सम्भावनाबारे छलफल भएको विप्लवको सचिवालयले जनाएको छ ।
भेटमा प्रचण्डलाई उच्चस्तरीय स्वागत गरिएको र छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको सचिवालयले जनाएको छ ।
विप्लवले प्रचण्डलाई आफ्नो बैठक कक्षमा सधैं बस्ने सोफामा बसालेर सम्मान प्रकट गरेका थिए । यसबारे सचिवालयले विप्लवलाई कुर्सीप्रति मोह नभएको नेताका रूपमा बुझ्न सकिने जनाएको छ ।
प्रचण्ड बिहान करिब ९ः४५ बजे विप्लवको निवास पुगेका थिए र १०ः३० बजे बाहिरिएका थिए ।
प्रतिक्रिया