काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेटवार्ता गरेका छन्।
प्रचण्ड सोमबार ललितपुरको हरिसिद्धिस्थित विप्लवको निवासमा पुगेका हुन्। दुवै नेताबीच माओवादी केन्द्र र नेकपाबीचको पार्टी एकताबारे छलफल भएको स्रोतले जनाएको छ।
यसअघि माओवादी स्थायी कमिटी बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो। तर, कार्यदल गठन प्रक्रिया भने अहिलेसम्म अघि बढ्न सकेको छैन।
प्रतिक्रिया