काठमाडौं – साहित्यकार छुदेन काविमोको उपन्यास ‘उरमाल’ ले मदन पुरस्कार–२०८१ प्राप्त गरेको छ। मदन पुरस्कार गुठीको साधारण सभाले शुक्रबार उपन्यासलाई यस वर्षको पुरस्कार दिने निर्णय गरेको हो।
गुठीले लोकसंस्कृति क्षेत्रमा पाँच दशकदेखि सक्रिय प्रेमदेव गिरीलाई ‘लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान’ का लागि यस वर्षको जगदम्बा श्री अर्पण गर्ने पनि निर्णय गरेको छ।
मदान पुरस्कार–२०८१ का लागि २९९ पुस्तक सिफारिस भएका थिए। तीमध्ये सात कृति—‘उरमाल’ (छुदेन काविमो), ‘छालबाटो : कैलाशदेखि गंगासम्म’ (रमेश भुसाल), ‘दर्ज्य संलाप’ (कुमारी लामा), ‘पञ्चतत्त्वको पालाम’ (मनप्रसाद सुब्बा), ‘बहुरूपी’ (श्रेयज सुवेदी), ‘भिक्षु, व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत’ (सुधीर शर्मा) र ‘हिउँको गीत’ (तीर्थ गुरुङ) छोटसूचीमा परेका थिए।
मदान पुरस्कार नेपाली भाषाको साहित्यिक कृतिलाई दिइने सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ।
प्रतिक्रिया