Logo

विश्व

श्रीलंकाका पूर्वराष्ट्रपति रानिल विक्रमसिंघे पक्राउ



काठमाडौं — श्रीलंकाका पूर्वराष्ट्रपति रानिल विक्रमसिंघे सरकारी कोष दुरुपयोगको आरोपमा प्रहरीले पक्राउ गरेको छ। अधिकारीहरूले उनलाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

श्रीलंका सरकार र कानूनी निकायहरूले यस मुद्दामा थप विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्। यस घटनाले देशको राजनीतिक तथा आर्थिक क्षेत्रमा व्यापक प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ३ : ४५ बजे