काठमाडौं । अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई उपचारमा विशेष छुट दिने सम्झौता भएको छ।
काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित अस्पतालमा भएको सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, उनका परिवार तथा ग्राहकले हस्पीटलको सेवामा १० देखि १५ प्रतिशतसम्म छुट पाउने छन्।
अस्पताल तर्फबाट मेडिकल प्रशासक डा. शरद गजुरेल र मार्केटिङ म्यानेजर प्रेम कुमार दाहाल तथा बैंक तर्फबाट प्रमुख मार्केटिङ अधिकृत रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
प्रभु बैंक हाल नेपालभर ३१२ शाखा, २८६ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख ग्राहकलाई सेवा दिइरहेको छ। हालसालै ‘बैंक अफ द इयर २०२३’ र ‘फिनाकल इन्फोसिस इन्नोभेसन गोल्ड–२०२४’ पुरस्कार प्राप्त बैंकले अत्याधुनिक प्रविधि प्रयोग गरी प्रतिस्पर्धी सेवा प्रवाह गरिरहेको छ।
प्रतिक्रिया