Logo

मनोरञ्जन

‘आँखा मार्ने’ मा नाजिर र प्रियङ्काको रोमान्टिक मुड


२० श्रावण २०८२, मंगलबार  

46
Shares

काठमाडौँ । गायक तथा सङ्गीतकार कृष्ण विकको ‘आँखा मार्ने’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

विककै शब्द सङ्गीतमा तयार भएको गीतमा महिला गायनमा मनिषा सुनारले साथ दिएकी छन् ।

एन एक्स मसको एरेन्जमा तयार भएको गीतको भिडियोमा नाजिर हुसेन र प्रियङ्का कार्की रोमान्टिक मुडमा देखिएका छन् ।

आँखा मार्नेबाट नै गायक तथा सङ्गीतकार कृष्ण विकले भिडियो निर्देशनमा डेब्यू गरेका छन् । यसअघि ‘यानीमाया’, ‘रातो टिकी’, ‘राधा पियारी’ ‘हजुर मुसुक्कै’ लगायतका गीतमा सफलता पाइसकेका कृष्णले यो पटक अझ बढी आशा राखेका छन् ।

उनले भने, ‘अघिल्ला पटक वर्षको दुई गीत गर्दै आएको थिए । यो पटक यसै गीतको लागि वर्ष खर्चिएको छु । नाजिर र प्रियङ्काको केमेष्टि दर्शकको रोजाइ बन्ला भन्ने अपेक्षा राखेको छु ।’

भिडियो कृष्ण विकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । २०५८ सालमा ‘सुन्दर सुदूरपश्चिम हाम्रो’ गीतबाट औपचारिक गायन यात्रा सुरु गरेका विकले सृजना, अडियो र भिडियोमा गुणस्तरीय काम गर्दै आएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : ३३ बजे