काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अनुसार नतिजा प्रकाशनका लागि आज अपराह्न ५ बजे बैठक बस्ने तयारी गरिएको छ।
बोर्डका एक सदस्यले जानकारी दिँदै भने, “नतिजा प्रकाशनमा केही ढिलाइ भएको थियो, तर आज ५ बजे बैठक बस्नेछ र त्यसपछि नतिजा सार्वजनिक गरिनेछ।”
गत वैशाख ११ गतेदेखि सञ्चालन भएको परीक्षामा कुल ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना थिए।
परीक्षा बोर्डले नतिजा प्रकाशनपछि बोर्डको आधिकारिक वेबसाइट तथा विभिन्न एसएमएस तथा मोबाइल एपमार्फत् नतिजा हेर्न सकिने व्यवस्था मिलाउने जनाएको छ।
प्रतिक्रिया