काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षाशास्त्र सङ्कायको ग्राजुएट स्कूल अफ एजुकेसन, कीर्तिपुरले एम.फिल. २१औं व्याच दोस्रो सेमेष्टरको परीक्षा परिणाम परीक्षाको ९ औं दिनमै प्रकाशित गरेको छ ।
शिक्षाशास्त्र डीनको कार्यालय अन्तर्गत सञ्चालित एम.फिल. कार्यक्रममा सहभागी विद्यार्थीहरुको दोस्रो सेमेष्टरको परीक्षा २०८२ असार २७ गतेदेखि साउन ७ गतेसम्म संचालन भएको थियो ।
ग्राजुएट स्कूल अफ एजुकेसनका निमित्त निर्देशक सह–प्राध्यापक डा. रविन्द्र शिवाकोटीका अनुसार नतिजा छिटो प्रकाशन गर्ने उद्देश्यले समयमै मूल्याङ्कन प्रक्रिया सम्पन्न गरि नतिजा प्रकाशन गरिएको जानकारी दिनुभयो । जुन सम्भवतः विश्वविधालयकै इतिहासमा पहिलो पटक यति छिटो नतिजा प्रकाशन भएको वहाले बताउनु भयो ।
प्रतिक्रिया