काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँले वृद्धि गरेको छ। संघका अनुसार नयाँ मूल्य साउन ६ गतेदेखि लागू हुनेछ।
मूल्यवृद्धिपछि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५२५ रुपैयाँ पुगेको छ। यसअघि असार २० गते उक्त मूल्य ४९५ रुपैयाँ निर्धारण गरिएको थियो। यस्तै, मिडियम अण्डाको मूल्य पनि ३० रुपैयाँले बढाएर ४९५ रुपैयाँ तोकिएको संघका महासचिव मदन पोखरेलले जानकारी दिए।
संघका अनुसार चितवनबाट देशभर अण्डा डिपोसम्म पठाउँदा लाग्ने भाडा, कार्टुन र क्रेट खर्चसमेत समायोजन गरी बजार मूल्य निर्धारण गरिएको हो। प्रतिपेटी १३० रुपैयाँसम्मको थप खर्च पर्ने संघले जनाएको छ।
प्रतिक्रिया