काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल भएको छ ।
बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीको विषय प्रवेश गराएका हुन् ।
एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई दिने जिम्मेवारीबारे विषय प्रवेश गराएका थिए । यसबारे थप छलफल गरेर आवश्यक निर्णय लिनेबारे नेताहरूबीच कुराकानी भएको थियो ।
‘विधान महाधिवेशन सम्वन्धि छलफल भैइरहेको हो के कसरी जाने भनेर । छलफल हुँदैछ । पार्टीमा सबैको ठूलो नेतृत्व छ । भण्डारी जीको बारेमा पनि छलफल हुन्छ । अध्यक्ष जी ले पनि छलफल गरैँंला भन्नु भएको छ । उहाँको व्यक्तिगत निजी विषय पनि भएन । उहाँले सबै त्यागेर आईसकेपछि यो पार्टीको कुरा हो छलफल हुन्छ । उहाँ आउनुहुन्छ भनि उहाँलाई उचित स्थान दिनुपर्ला । त्यो पनि पार्टीको हाइलेबलमा कुराकानी होस् भन्ने हाम्रो चाहाना हो । यो सार्वजनिक विषय हो यस्लाई हल गर्नैपर्छ’, उनले भने । १४ असारमा मदन जयन्तीका अवसरमा भण्डारीले एमाले राजनीतिमा पुनरागमन गरेको र आफूले सदस्यतासमेत नवीकरण गरिसकेको जानकारी दिएकी थिइन् ।
प्रतिक्रिया