काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका छन् ।
बिहीबार बसेको नेपाल–बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले नेपाल–बेलायत संसदीयमैत्री समूहलाई सक्रिय बनाउनुपर्ने भन्दै यस्ता समिति र संस्थाहरुले नेपाल बेलायतको मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका हुन् ।
उनले भने,‘ उत्तर विधायिकी परीक्षण मिस्टर फाउन्डेसनले नेपाल, नेपालको लोकतन्त्र र नेपालको फाइदाको लागि हामीले एउटा आवश्यक जानकारी प्राप्त गर्न सक्छौ र नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्धका लागि पनि सहयोग हुन्छ,’ उनले थप भने, ‘आगामी दिनमा नेपाल बेलायतसँग सम्बन्धित अरु संस्थाहरुले कुन कुन क्षेत्रमा काम गरिरहेको छ त्यसको जानकारी लिने र बेलायतमा पनि नेपालसँग सम्बन्धित संस्थााहरु कुन कुन छन् जानकारी लिएर लिस्ट गरौ ।’
उनले नेपाल–बेलायत संसदीय मैत्री समूहले औपचारिक र अनौपचारिक क्रियाकलापलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
‘नेपाल–बेलायत संसदीयमैत्री समूहलाई सक्रिय बनायांै । यसलाई औपचारिक र अनौपचारिक क्रियाकलापहरु गर्यौं । चेम्बर र डब्लुएफडि को पदाधिकारीसँग समन्वय गरेर अनौपचारिक क्रियाकलापहरु गर्दा राम्रो हुन्छ,’ उनले भने ।
यसैगरी उक्त कार्यक्रममा बोल्दै उद्यमी राजेन्द्र खेतानले बेलायतीहरु नेपालका लगानी गर्न उत्साहित रहेको भन्दै केहीले वित्तिय क्षेत्रमा लगानी गरेको पनि बताए ।
कार्यक्रममा सांसद विराजभक्त श्रेष्ठ, सुहाङ नेम्बाङलगायतले आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया