Logo

कला/साहित्य

‘इतिहासका हराएका पाना’ सार्वजनिक



काठमाडौं। काजी हंसमान सिंहद्वारा लिखित पुस्तक ‘इतिहासका हराएका पाना (त्रिभुवन विश्वविद्यालय स्थापनाका वृत्तान्त)’ बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ।

कार्यक्रममा शिक्षाविद् प्रा. शंकरराज पाठक, केदारभक्त माथेमा, संस्कृतिविद् डा. जगमान गुरुङ, मल्ल के सुन्दर, डा. रमेशमान सिंहलगायतले पुस्तक सार्वजनिक गरेका थिए।

लोकार्पण समारोहमा वक्ताहरूले त्रिभुवन विश्वविद्यालयको ऐतिहासिक पृष्ठभूमि, संस्थागत विकास र पुस्तकले उठाएका प्रसंगमाथि धारणा राख्दै यस कृतिले शैक्षिक अनुसन्धानमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १२ : १७ बजे