Logo

मनोरञ्जन

मनोज गजुरेल अब ‘कमेडी दरबार’ मा देखिने



काठमाडौँ।  दर्शकमाझ चर्चित कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’मा  मनोज गजुरेल फर्किएका छन् ।

चारवटा एपिसोडमा नदेखिएका उनले मंगलबार नयाँ एपिसोडको छायांकन गरेका छन्। शोमा महाराजाको भूमिकामा रहेका उनी एक महिना लामो युरोप टुरमा थिए।  मनोज गजुरेलको स्थानमा  फिल्म निर्देशक प्रदीप भट्टराईलाई ल्याइएको थियो ।

‘कमेडी दरबार’ को मंगलबार छायांकन गरिएको एपिसोडमा टेलिसिरियल ‘सक्किगोनि’ का कलाकारहरू सागर लम्साल, हरिश निरौला, रक्षा श्रेष्ठ, प्रियना आचार्यलगायतका कलाकारहरूलाई अतिथि बनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : ०८ बजे