Logo

मनोरञ्जन

एआईजी दान बहादुर कार्कीको शब्दमा रहेको गीत ‘आँखा झिमझिम भो’ सार्वजनिक



काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्कीको रचनामा आधारित गीत ‘आँखा झिमझिम भो’ सार्वजनिक गरिएको छ।

गजब टिभीमार्फत सार्वजनिक गरिएको उक्त गीतमा सदीक्षा कट्टेल र समिर खरेलले स्वर दिएका छन्। संगीतकार बसन्त सापकोटाको संगीत रहेको गीतमा कविता नेपाली र सुनिल क्षेत्रीले अभिनय गरेका छन्।

गीतको निर्देशन किरण थापाले गरेका हुन्।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : ४५ बजे