Logo

समाचार

श्रेष्ठ टेलरिङ्ग सेन्टरले मनायो आफ्नो ५० औं वार्षिकोत्सव



काठमाडौं । नेपालको सर्टिङ्ग सुटिङ्ग र टेलरिङ्गको क्षेत्रमा पहिलो आई. एस. ओ मान्यता प्राप्त श्रेष्ठ टेलरिङ्ग सेन्टरले आफ्नो ५० औं वार्षिकोत्सव मनाएको छ ।

वि.सं २०३१ सालमा स्थापना भएको श्रेष्ठ टेलरिङ्ग सेन्टरले शनिबार ५० औं वार्षिकोत्सव मनाएको हो ।

श्रेष्ठ टेलरिङ्ग सेन्टरले अराधना कम्पलेक्स बागबजारमा मुख्य व्यपारीक शोरुम सहित मैतीदेवी, चावहिल, त्रिपुरेश्वर, चुच्चेपाटी, धुम्वाराहीलगायतका स्थानमा शाखा खोलेर ग्राहकलाइ सेवा दिँदै आएको संस्थापक बाबु काजी श्रेष्ठले जानकारी दिए ।

बढ्दो बेरोजगारी समस्यालाई केही हदसम्म समाधान गर्नेतर्फ पनि श्रेष्ठ टेलरिङ्ग सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।

‘४० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी र ६० जनालाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगार सिर्जना गरिएको छ भने देशको अर्थतन्त्रलाई मजबुत बनाउने र कर बृद्धिमा हामीले पुरÞ्याएको योगदान सवैसामु छर्लङ्ग नै छ,’ उनले भने ।

५० औं वार्षिकोत्सवका अवसरमा प्रत्येक ग्राहकहरुका लागि स्क्रयाच कुपनमार्फत् हात खाली नजाने गरी सुटपिस, कोट पिस, पाइन्ट पिस, ज्वारीकोट पिस, कुर्ता पिस, भित्ते घडी, ब्राण्डेड मोजा, दौरा–सुरुवाल र नगद रु. २०० देखि १ हजारसम्मको गिफ्ट भौचरको व्यवस्था समेत गरेको थियो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ७ : २२ बजे