काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले गृहमन्त्रीले मानव तस्करीको नाममा निमूखा नेपाली जनताहरुमाथि लुट मच्चाएको आरोप लगाएकी छिन् ।
शनिबार प्रतिनिधि सभाको बैठकमा उनले बीपी कोइरालाको भनाइको प्रसंग जोड्दै नेताको अन्याय सहेर बस्ने चरम अवसरवादीहरु र दास हुने भन्दै सत्ता पक्षलाई कुन वर्गमा परेको भनेर पनि प्रश्न गरिन् ।
उनले भनिन्, ‘गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरुलाई किन लुटिददैछन् । तपाईसँग यसको जवाफ छ । अर्को पनि एउटा सुझाव छ, बीपीले भन्नु भएको थियो, जो कार्यकर्ताहरु नेताको अन्याय सहेर बस्छन् । कि त उनीहरु चरम अवसरवादीहरु हुन्, कि त दास हुन् । म सोध्न चाहन्छु तपाईहरु कुन वर्गमा पर्नुहुन्छ ।’
यस्तै, उनले गृहमन्त्रीले आफू उम्किने समिति बनाएकोमा बधाइ भन्दै धेरे समय उम्केर बस्न नसक्ने बताइन् ।
उनले भनिन्, ‘मैले त गृहमन्त्रीलाई अलिकति सोझो मानेको थिए । उहाँ त धेरै बाठो हुनुहँदोरहेछ । उहाँले यस्तो समिति बनाउनु भयो कि त्यो समितिबाट उहाँलाई फुत्किनलाई धेरै सजिलो भयो । र कमाई बचाउनको लागि पनि धेरै सजिलो भयो । गृहमन्त्रीज्यू धेरै फूर्ती नदेखाउनु । तपाईले भिजिट भिसाको नाममा जुन पैसा असुली गरिराख्नु भएको छ । नेपाली जनतालाई बेचिराख्नु भएको छ । के यो नैतिकताले दिन्छ । आफू उम्किने समिति बनाउनु भएको छ तपाइँलाई बधाइ भन्न चाहन्छु । तर उम्केर बस्न सक्नु हुदैँन् । तपाईसँग नैतिकता छ भने राजीनामा दिनुपर्छ ।’
प्रतिक्रिया