Logo

विश्व

नाइकले चीनमा जुत्ता उत्पादन घटाउने निर्णय



वाशिंगटन । अमेरिकी कम्पनी नाइकले अमेरिकी ट्यारिफ दबाबका कारण चीनमा हुने जुत्ता उत्पादन घटाउने घोषणा गरेको छ। कम्पनीले हालको १६% उत्पादन २०२६ सम्म घटाएर ७–९% मा सीमित गर्ने योजना सार्वजनिक गरेको हो।

ट्यारिफको असरस्वरूप नाइकलाई वार्षिक १ अर्ब डलर अतिरिक्त लागत पर्ने अनुमान गरिएको छ। यसलाई न्यून गर्न कम्पनीले उत्पादन भियतनाम, थाईल्याण्ड र इन्डोनेसिया तर्फ सारिरहेको छ।

यस कदमपछि नाइकको शेयर मूल्यमा करिब ११% सुधार आएको छ। मूल्य वृद्धिका बाबजुद कम्पनीले आपूर्ति सञ्जाल लचिलो बनाउने र लागत नियन्त्रण गर्ने रणनीति अघि सारेको छ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  २ : ४७ बजे