Logo

विश्व

इजरायलले इरानको आणविक रिएक्टरमा आक्रमण, क्षतिको विवरण आउन बाँकी



तेहरान/यरुशलेम – इजरायलले इरानको अराकस्थित हेभी वाटर रियाक्टरमा आक्रमण गरेको पुष्टि भएको छ। इजरायली डिफेन्स फोर्स (IDF) ले आक्रमणको केही घण्टा अघिमात्र अराक र खोन्डुबका बासिन्दालाई क्षेत्र खाली गर्न चेतावनी दिएको थियो।

अराकमा रहेको उक्त भारी पानी रिएक्टर इरानको आणविक कार्यक्रमको एक मुख्य संरचना मानिन्छ। यस क्षेत्रमा हतियार उत्पादन पनि हुने गरेको छ। इजरायली सेनाले खोन्डुबमा रहेको अर्को IR-40 हेभी वाटर रिएक्टरमाथि पनि आक्रमणको चेतावनी दिएको थियो। खोन्डुब अराकबाट करिब ४० किलोमिटर टाढा पर्छ। दुवै रिएक्टर अन्तर्राष्ट्रिय निगरानीमा रहेका छन्।

युद्ध सातौं दिनमा प्रवेश गरिसकेको छ। अहिलेसम्म २४ इजरायलीको मृत्यु भइसकेको छ। मानव अधिकार समूहका अनुसार इरानमा मृत्यु हुनेको संख्या ६३९ पुगेको छ भने १३२९ जना घाइते भएका छन्।

क्षतिको यकिन विवरण आउन बाँकी छ। परिस्थिति तनावग्रस्त बन्दै गएको छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ११ : ५९ बजे