डडेल्धुरा । कैलाली जिल्ला कारागारमा थुनामा रहेका डडेल्धुरा निवासी २८ वर्षीय हरिश सिंह पालीको मृत्यु भएपछि डडेल्धुरामा तनाव उत्पन्न भएको छ।
पालीको असार २ गते अकस्मात् बिरामी परेपछि उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। बिहान ११ बजे अस्पताल भर्ना गरिएका पालीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिएका छन्।
उनको मृत्युलाई शंकास्पद भन्दै डडेल्धुरा उद्योग वाणिज्य संघको नेतृत्वमा मंगलबार बिहानदेखि स्थानीयले बजार, यातायात र सार्वजनिक सेवा ठप्प पारेका छन्।
आन्दोलनकारीहरूले घटनाको निष्पक्ष छानबिन, मृतक परिवारलाई न्याय दिलाउनुपर्ने र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन्। उद्योग वाणिज्य संघले सत्यतथ्य सार्वजनिक नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।
प्रतिक्रिया